दफा १४
बिज्ञापन बोर्डको गठन
(१) विज्ञापनको नियमन सम्बन्धी काम गर्नको लागि देहाय बमोजिमको एक विज्ञापन बोर्डको गठन हुनेछः-
(क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति - अध्यक्ष
(ख) सहसचिव, गृह मन्त्रालय -सदस्य
(ग) सहसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य
(घ) सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय - सदस्य
(ङ) विज्ञापनदाता, बिज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र
वितरण गर्ने संघ संस्थाहरुमध्येबाट मन्त्रालयले मनोनयन गरेको संस्थाको प्रतिनिधि दुईजना -सदस्य
(च) उपभोक्ता हक, हितको क्षेत्रमा वा आमसञ्चारको क्षेत्रमा
कम्तीमा दश वर्ष अनुभवप्राप्त व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनयन गरेका कम्तीमा एकजना महिला सहित तीनजना -सदस्य
(२) बोर्डको वरिष्ठ कर्मचारीमध्येबाट बोर्डले तोकेको कर्मचारीले बोर्डको सचिव भई काम गर्नेछ ।
(३) उपदफा (१) को खण्ड (च) बमोजिमका सदस्यहरुको मनोनयन गर्दा समावेशी सिद्धान्तको आधारमा गर्नु पर्नेछ ।
(४) अध्यक्षको पदमा नियुक्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयको एकजना विज्ञ सदस्य र मन्त्रालयको सहसचिव सदस्य-सचिव रहेको एक सिफारिस समिति रहनेछ। सो समितिले दफा १७ बमोजिमको योग्यता पुगेका व्यक्तिहरुमध्येबाट तोकिए बमोजिम खुला प्रतिस्पर्धाबाट उपयुक्त व्यक्ति छनोट गरी नियुक्तिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ।
(५) उपदफा (१) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यको पदावधि चार वर्षको हुनेछ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यको काम सन्तोषजनक नदेखिएमा वा बोर्डको हित विपरित हुने कुनै काम गरेमा वा खराब आचरण भएमा वा कार्यसम्पादन नगरी निष्क्रिय भएमा पदावधि पूरा नहुँदै मन्त्रालयले त्यसको कारण खुलाई निजलाई पदमुक्त गर्न सक्नेछ।
(७) उपदफा (६) बमोजिम कुनै सदस्यलाई पद मुक्त गर्नु अघि निजलाई सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ ।